काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथिको कारवाही खारेज गरेको छ। बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कारवाही खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
ओलीले नेपाल समूहका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेका थिए। महाधिवेशन कमिटी भङ्ग भएसँगै कारवाही निष्प्रभावी भएको ज्ञवालीले जानकारी दिए।
ओलीले चैत ७ गते गठन गरेको नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई बैठकले खारेज गरेको छ। उक्त कमिटी खारेज भए पनि माओवादीबाट एमालेमा प्रवेश गरेका २३ जना नेतालाई भने केन्द्रीय कमिटीमा राखिएका छ। ज्ञवालीले माओवादीका नेतालाई समेटेर केन्द्रीय कमिटी बनाइएको र असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए।
