वीरगंज : पर्सा प्रहरीले लागु औषध गाँजा ओसारपसार गर्ने दुई जना भरियाहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर, राक्सीराङ गाउँपालिका ५ का ४० वर्षीय वीरबहादुर प्रजा र सोही वडाको रानीवनका २० वर्षीय सोमलाल प्रजा रहेका छन्।
उनीहरुलाई बुधवार बिहान १ बजेको समयमा पर्सा, पटेर्वा सुगौली २ मकवानी चौरीमा पिठ्युमा गाँजा लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
