PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

राष्ट्रपतिलाई 'हु आर यु' भनेका शम्भु थापालाई ओलीका निजी वकिल पन्तको काउन्टर



राष्ट्रपतिलाई 'हु आर यु' भनेका शम्भु थापालाई ओलीका निजी वकिल पन्तको काउन्टर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल सुशील पन्तले निदेवकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ फर्काएका छन्।

बहसको पहिलो दिनमा अन्तिममा आएर डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले अधिकांश समय राष्ट्रपतिको आलोचनामै खर्चिएका थिए। राष्ट्रपतिलाई ‘हु आर यु’ समेत भन्न भ्याएका थिए उनले। उनको बहस विषयवस्तु केलाउनेभन्दा राजनीतिक रुपमा जवाफ दिने खालको थियो राष्ट्रपतिदेखि प्रधानमन्त्रीको जन्मको कुरासम्म थापाले गरेका थिए। संविधानमा भएको कुरा नमान्ने हो भने अर्को संविधान लेखिदिए हुन्छ पनि थापाले भनेका थिए।

थापाको दलीलको जवाफ दिँदै आज पन्तले राष्ट्रपतिलाई विपक्षी नबनाइएको मुद्दामा राष्ट्रपतिलाई 'हु आर यु' भन्ने भन्दै प्रश्न गरेका हुन्।

भने : राष्ट्रपतिलाई विपक्षी नबनाउने तर राष्ट्रपतिलाई हु आर यु भन्ने? तपाईंको कलाईन्टले मेरो अफिसलाई रेस्पोन्स बनाएको छ। सस्टिनेबल त बनाउनुपर्‍यो पनि। ७६ (५) निर्दलिय हुन्छ भनेर हुने कुरा हो र ? त्यहाँ लेख्नुपर्दैन् ? धारा ७६(५) मा निर्दलिय हुन्छ भनेर लेखेको छ र ? अफिसलाई विपक्षी बनाएको छ अनि, हु आर यु ?

पन्तले थप भने 'खाली हु आर यु भनेर हुँदैन। राष्ट्रपतिलाई महाभियोग लाग्छ भन्ने बहस उचित छैन। त्यो पत्रिकाको हेडलाइन बन्ला तर त्यसको आौचित्य छैन । ५ मा भएकाे प्रक्रियालाई अन्यथा भन्न मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell