PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एकअर्काबाट अलग्गिएका अन्जु पन्त र मनोजराजले सँगै गाए ‘तिमी आयौ जिन्दगीमा’



पहिलोपोस्ट

एकअर्काबाट अलग्गिएका अन्जु पन्त र मनोजराजले सँगै गाए ‘तिमी आयौ जिन्दगीमा’

काठमाडौं : गायिका अन्जु पन्त र संगीतकर्मी मनोराज शिवाकोटी वैवाहिक सम्बन्धबाट अलग्गिएको वर्षौ भयो। तर, यी दुईबिच सांगीतिक सहयात्रा भने जारी छ। उनीहरू दुबैले आवाज दिएको गीत 'तिमी आयौ जिन्दगीमा' बोलको गीत सार्वजनिक भएको हो।

उनीहरूले झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेका हुन्। सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजको नै संगीत रहेको छ।

तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीत हाल म्यूजिक भिडियोसहित सार्वजनिक भयो। सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्की फिचर्ड छन्।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell