PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कोरोना संक्रमितको संख्या घटेपछि नारायणी अस्पतालमा सुरु हुँदै अन्य सेवा



राधेश्याम पटेल

कोरोना संक्रमितको संख्या घटेपछि नारायणी अस्पतालमा सुरु हुँदै अन्य सेवा

वीरगंज : वीरगंजमा कोरोना भाइरस संक्रमितको संख्या केही कम भएको देखिएपछि नारायणी अस्पतालमा अन्य बहिरंगसहितको सेवा सुरु हुने भएको छ।

असार १८ गते शुक्रवारदेखि ओपिडी सेवासहित अन्य सेवा उपलब्ध हुने नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए। उनले विहान ९ बजेदेखि ११ बजे सम्म ओपिडी टिकट काटिने र प्रारम्भिक चरणमा दैनिक २५ जना विरामीको परीक्षण गरिने अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले अन्य विशेषज्ञ सेवामा हार्डजोनी, मुटुरोग, बालरोग, स्त्री तथा प्रसुती, नाक कान घाँटी, मेडिसिनलगायत सेवा प्रदान गर्ने जनाइएको छ।

कोरोना प्रभावका कारण कोभिड वार्ड, आपत्कालिन शल्यक्रिया तथा सुत्केरी, आकास्मिक सेवा, डायालासिस सेवा मात्र सञ्चालनमा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell