PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

छिमेकीको अन्त्येष्टि गर्न गएका १५ वर्षीय किशोरलाई धुतहा खोलाले बगायो



पहिलोपोस्ट

छिमेकीको अन्त्येष्टि गर्न गएका १५ वर्षीय किशोरलाई धुतहा खोलाले बगायो
प्रतीकात्मक फोटो

वीरगंज : पर्साको धुतहा खोलामा आएको बाढिमा परी एक जना किशोर बेपत्ता भएका छन्। पोखरीया नगरपालिका ७ रानीगंजका १५ वर्षीय राजन महतो हराएका हुन्।

हिजो मध्यान्ह १२ बजेदेखि वेपत्ता भएको पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियारले जनाएका छन्। राजेन्द्र महतोका छोरा उनी छिमेकीको अन्त्यष्टि पछि खोलामा नुहाउन गएका थिए।

खोजी कार्य जारी छ तर हालसम्म उनी फेला पर्न सकेका छैनन्। चण्डीप्रसाद गण वीरगंजका सेनानी तपेन्द्र कार्की, ईप्रका पोखरीयाका प्रनि दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सप्रनि प्रमोद रायलगायतको सुरक्षाकर्मीको टोली खोजी कार्य जारी राखेको जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell