PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

ओरिया र सिकटा खोलामा बाढी : एक दर्जन गाउँ डुबानमा, सडकसँग पनि टुट्यो सम्पर्क



राधेश्याम पटेल

ओरिया र सिकटा खोलामा बाढी : एक दर्जन गाउँ डुबानमा, सडकसँग पनि टुट्यो सम्पर्क

वीरगंज : बुधवार विहान परेको वर्षाका कारण पर्साको ओरिया र सिकटा खोलामा बाढी आएको छ। दुबै खोलाको बाढीका कारण तीन वटा गाउँपालिकाका करिब एक दर्जनभन्दा बढी गाउँहरू डुबानमा परेका छन्।

डुबानले गर्दा ग्रामिण भेगका सडक सम्पर्क पनि टुटेको छ। ठाउँठाउँमा बाढीले सडक कटान गरेपछि ग्रामिण भेगका आवतजावत ठप्प भएको हो।

पर्साको धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लंगडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुवाहा, झाखरा मसियानी, मसियानी, छिपहरमाईको भिस्वा, जंयमंगलापुर, झलमहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुढगाई, भलुवहियालगायत गाउँहरू प्रभावित छन्।

प्रदेश २ सरकारले निर्माण गरिरहेको लंगडी–मिर्जापुर तथा सवैठवा–भिस्वा हुर्दै मिर्जापुर जोड्ने रिङ रोडको अधिकांश कटान भएको छ। उक्त सडक कालोपत्रे गर्ने तयारी भइरहेको थियो। ग्रामिण भेगका विद्युत सेवा तथा धानबाली लगाउने काम पनि प्रभावित भएको छ।

बाढीका कारण रोपाई भएको खेतहरू समेत जलमग्न छन् जसका कारण धानबाली नष्ट हुने चिन्ता बढेको छ।

त्यसैगरी वीरगंज महानगरको वडा नं ३२,३१,३०,२८ लगायतको वडाहरुमा पनि भेडहा खोलाको बाढीले जनजीवन प्रभावित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell