काठमाडौं : पूर्व राजा ज्ञानेन्द्रले यस वर्ष पनि जन्मोत्सव नमनाउने भएका छन्। कोरोना भाइरस महामारी, प्राकृतिक विपद् र देशको राजनीतिक अस्थिरताका कारण आम मानिसमा व्याप्त निराशा र पीडालाई ध्यानमा राख्दै असार २३ गते पर्ने जन्मदिन नमनाउने विज्ञप्तिमार्फत् घोषणा गरेका हुन्।
पूर्व राजाले देशको राजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। भनेका छन्,'राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ।' उनले परिवर्तन र अग्रगमनका चर्का नाराहरूका बावजुद जनताले सुख तथा सुविधा भोग्न नपाएको बुझाइ व्यक्त गरेका छन्। नेपाली जनताको मन अशान्त भएको उनको ठम्याइ हो।
साथै कोरोनाको खोप नपाउनुका कारण नेपाली निराश भएको बताएका छन्।
