PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

देश खतरा उन्मुख छ, जोगाउनका लागि हामी लडिरहेका छौँ : माधव नेपाल



पहिलोपोस्ट

देश खतरा उन्मुख छ, जोगाउनका लागि हामी लडिरहेका छौँ : माधव नेपाल
फाइल फोटो।

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू देशलाई खतराबाट जोगाउन लागि परेको बताएका छन्। नागरिक समाजसँग विपक्षी गठबन्धनले बानेश्वरमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले ओली प्रवृत्तिका विरुद्ध लडिरहेको बताए।

उनले कुनै पनि संविधान निर्माणमा सजिलो नभएको टिप्पणी गरे। अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको नेपालको भनाई थियो।

‘संविधान निर्माण गर्ने सन्दर्भमा सजिलो थिएन। मुल्य मान्यतालाई छोडिदैन। गणतन्त्र र संविधान खतरामा छन्, हाम्रो देश खतराउन्मुख छ। विकास र समाज रुपान्तरणका विषयमा हामी एक छौँ,’  उनले भने।

नेपालले सपना देखाएर मात्रै केही नहुने भन्दै एक्सनमा जानुपर्ने बताएका छन्।

‘शासकको संस्कारमा परिवर्तन पहिलो हो, दोस्रोमा हुने हो जनताको संस्कार परिवर्तन। भोलिओली प्रवृतिको पुनरावृति नहोस् भन्नका लागि हामी लडिरहेका छौँ। देश खतरा उन्मुख छ, हामीले देश जोगाउनै पर्छ। परिवर्तन खतरामा छन्,’ उनले भने।

उनले व्यक्ति चयन गर्दा पनि सुशासन कायम नभएको भन्दै अबका दिनमा व्यक्ति चयनबारे ध्यान दिनुपर्ने बताए।

‘हामीले व्यक्तिहरु चयन गर्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell