PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

देउवाको आक्रोश : ओलीजीले धम्काउने गर्नु भएको छ, को छ यहाँ डराउने?



पहिलोपोस्ट

देउवाको आक्रोश : ओलीजीले धम्काउने गर्नु भएको छ, को छ यहाँ डराउने?
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले धम्काइरहेको आरोप लगाएका छन्। विपक्षी ५ दलले नागरिक समाजसँग गरेको अन्तर्क्रियामा देउवाले ओलीलाई धम्काउन र तर्साउन बन्द गर्न चेतावनी दिए।

बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा भएको कार्यक्रममा देउवाले ओलीलाई धम्कि दिन छोड्न आग्रह गरे। ओलीले न्यायाधीशलाई पनि धम्कि दिइरहेको देउवाले बताए।

‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?,’ देउवाले भने।

कमिसनका कारण कोरोनाको खोप नआएको देउवाले बताए। सम्बन्धित मन्त्रीले नै कमिसनका कारण खोप नआएको बताएको देउवाको भनाइ छ।

‘सम्बन्धित मन्त्रीले सार्वजनिक रुपमा भन्नुभएको छ, खोप आउथ्यो कमिसनका कारण ल्याउन सकिएन,’ उनले भने।

उनले छिमेकीहरुलाई बदल्न नसकिने भन्दै अहिले बिग्रिएको सम्बन्ध सुधार्नुपर्ने बताए। छिमेकी देशहरुले पक्षपात गर्न नहुने उनको भनाइ थियो

‘छिमेकीसँगै बस्नु छ। भारतसँग ओपन बोर्डर छ। छिमेकीहरुसँग कहिलेकाही खटपट हुनु स्वभाविक कुरा हो। सधैँ राम्रो, क्या राम्रो भन्ने हुँदैन। हामी छिमेकी बदल्न सक्दैनौँ। हाम्रो छिमेकीले पक्षपात नगरोस् भन्ने हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell