PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बानेश्वरमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

बानेश्वरमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले आज बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।

प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेको बताएका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध समेत गरे। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ।

उनीहरुले विघटित संसद पुनर्स्थापना, प्रधानमन्त्रीको राजीनामा र पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग राखेका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell