PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बार्सिलोनासँग सकियो मेस्सीको करार



पहिलोपोस्ट

बार्सिलोनासँग सकियो मेस्सीको करार
Photo: Marca

अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीको स्पेनिस क्लब बार्सिलोनासँगको करार समाप्त भएको छ। जुन महिना सकिएसँगै मेस्सीको करार सकिएको हो र अब उनी फ्री एजेन्ट बनेका छन्।

यसअघि सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण बार्सिलोनामै रहने जनाएका थिए। बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि अब भने उनी कुनै पनि क्लबमा जान स्वतन्त्र छन्।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले करार बढाउने प्रयास गरे पनि सफल हुन सकेनन्। यसको मतलब यो होइन की मेस्सी बार्सिलोनामै रहन सम्भव छैन, उनले बार्सिलोनासँग नयाँ करार गर्न सक्छन। यद्यपि उनी अहिलेको अवस्थामा बार्सिलोनाका खेलाडी होइनन्। बार्सिलोनामा उनलाई राख्नका लागि प्रयासहरु चलिरहेको स्पेनी सञ्चारमाध्यमहरुले जनाएका छन्।

'बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको अहिलेको मुख्य प्राथमिकता मेस्सीसँगको नयाँ करार हो। र, यसका लागि मेस्सीका प्रतिनिधि र बुवा जर्ज मेस्सीसँग सिधा समन्वय गरिरहेका छन्।' स्पेनिस फुटबल लेखक गुइलेम बलागुइले भन्छन्, 'मेस्सीले अन्य क्लबको आफुमाथिको चासो बुझेका छन् तर अहिले समन्वय भने गरिरहेका छैनन्। उनी पर्खेर हेरिरहेका छन् बार्सिलोनाले उनलाई बार्सिलोनाले के प्रस्ताव गर्नेछ।'

उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जाने भनेर 'गसिप' भने चलिरहेको छ। तत्काललाई उनी कोपा अमेरिका खेलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell