PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने युवक समातिए



पहिलोपोस्ट

सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने युवक समातिए

काठमाडौंः सार्वजनिक स्थानमा महिलालाई अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्रा गरेको छ।

भक्तपुरको कमलबिनायक आदर्श चोक लगायतको स्थानमा महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका घर भएका ३६ को चमार सिं तामाङलाई नियन्त्रणमा लिएको  प्रहरीले जानकारी दिएको छ।

तामाङले एकान्त स्थानमा हिँडडुल गरिरहेका महिलाहरूलाई मोटरसाइकलमा चढेर चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, एकान्त ठाउँमा आफ्नो यौनाङ्ग देखाउने लगायतका क्रियाकलाप गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

तामाङ विरुद्ध फरक फरक समयमा ६ वटा उजुरी परेको छ। उनी विरुद्ध अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell