PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दुई जनाको हत्या गरेर ४४ वर्षदेखि फरार दुई जना पक्राउ



पहिलोपोस्ट

दुई जनाको हत्या गरेर ४४ वर्षदेखि फरार दुई जना पक्राउ

बुटवलः हत्यामा गरेर ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ।

हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका दुई जनालाई जल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका २ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन्।

उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डाक्टर मनोज केसीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूले २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरेको खुलेको थियो।

सर्वोच्च अदालतले दुवै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो। फैसला यता दुवै जना हालसम्म फरार थिए। प्रहरीले दुबैलाई जिल्ला अदालत रुपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell