PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

नसीरुद्दीन शाहलाई अनुपम खेरको अप्रत्याशित सन्देश



पहिलोपोस्ट

नसीरुद्दीन शाहलाई अनुपम खेरको अप्रत्याशित सन्देश

बलिउड अभिनेता नसीरुद्दीन शाह मंगलवारदेखि अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएका कारण मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत् छन्।  

यतिखेर बलिउड कलाकारलगायत उनका फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। यसैबिच कलाकार अनुपम खेरले पनि उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैँ ट्विटरमा एक ट्विट लेखे। जसमा उनले लामो समयदेखि नसीरुद्दीन शाहसँग सँगै काम गर्ने इच्छा रहेको समेत उल्लेख गरेका छन्।

उक्त ट्विट भने निकै अप्रत्याशित थियो। किनकि एकवर्ष अघि एक अन्तर्वातामा नसीरुद्दीनले अनुपम खेरलाई साइको र जोकर भनेका थिए।

अनुपम खेर मोदी सरकारको समर्थक रहेको भन्दै नसीरुद्दीनले अन्तर्वातमा भनेका थिए, 'अनुपम खेर धेरै बोलिरहेका छन्। त्यसैले यस्ता व्यक्तिलाई गम्भिरताका साथ लिनुहुँदैन। उनी एक जोकर हुन्। एनएफडी र एफटीआईआई उनीसँग जति पनि नजिक छन् जो उनको साइकोफेन्ट प्रकृतिलाई प्रमाणित गर्न सक्दछन्। जो उनको रगतमा छ।'

जसको जवाफ दिदैँ अनुपमले एक भिडियो पोस्ट गरेका थिए। 'सफलता पाएर पनि तपाईँले आफ्नो जीवन निराशामा बिताउनु भएको छ। यदि तपाई दिलिपकुमार, अमिताभ बच्चन,  शाहरुख खान र विराट कोहलीको आलोचना गर्न सक्नुहुन्छ भने मलाई पनि विश्वास छ कि म पनि राम्रो ठाउँमा छु,' उनले भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell