स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना भएका छन् बलिउड अभिनेता दिलिपकुमार। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्वाप्रस्वासमा समस्या आएपछि उनलाई मंगलवार अस्पताल भर्ना गरिए थियो।
हिन्दुजा अस्पताल भर्ना भएका ९८ वर्षिय दिलिपकुमारको आइसीयुमा उपचार भइरहेको छ। हाल स्वास्थ्य अवस्था सामान्य रहेको फैसल फारुकीले दिलिपकुमारको ट्विटर अकाउन्टमार्फत जानकारी दिएका छन्।
लेखिएको छ, ' दिलिप साहबको बढ्दो उमेरमा देखिने समस्याका कारण हिन्दुजा अस्पताल भर्ना गरिएको हो। उहाँको उमेर ९८ वर्ष भइसकेको छ। जसकारण उहाँले निकै स्वास्थ्य समस्या झेल्नु परिरहेको छ। तपाईँहरुको माया र कामनाको लागि साहब आभारी हुनुहुन्छ।'
एक महिनामा उनी दोस्रो पटक अस्पताल भर्ना भइरहेका छन्। यसअघि ६ जुनमा पनि उनलाई हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनको फोक्सोमा पानी जमेको जनाइएको थियो। डाक्टरहरुले प्ल्यूरल एस्पिरेशनको सहायताले उनको फोक्सोको पानी बाहिर निकालेका थिए। पाँच दिनपछि उनलाई अस्पतालले डिस्चार्ज भएका उनी पुन: अस्पताल पुगेका हुन्।
Dilip Saab has been admitted to Hinduja Hospital, Khar to address medical issues related to illness which are frequently expected in a 98 year old. Your love and prayers are truly appreciated by Saab- Faisal Farooqui
— Dilip Kumar (@TheDilipKumar) June 30, 2021
