काठमाडौंः अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्दार गरेको छ।
४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारीको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ। रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै बढेको पानीको वाहवका कारण टापुमा नै फसेका थिए।
टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले उद्दार गरेको हो।
