PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गंगामा पानी बढेपछि तैरन थाले शवहरू



पहिलोपोस्ट

गंगामा पानी बढेपछि तैरन थाले शवहरू
Photo Credit: Samiratmaj Mishra/BBC

भारतको प्रयागराजमामा गंगा नदीको जलस्तर बढेसँगै किनारमा गाडिएका शवहरू बाहिर देखिन थालेका छन्। नगर निगमका अधिकारीका अनुसार ती बेवारिसे शवहरूको हिन्‍दी रीत अनुसार दाह संस्कार गरिँदैछ।

हालसम्म एक सय पचासभन्दा बढी शव जलाइएको बीबीसी हिन्दीमा जनाइएको छ।

प्रयागराज जिल्लाको फाफामऊ इलाकामा कोरोना संक्रमणको दोस्रो लहरमा ज्यान गुमाउनेहरूको शरीर किनारमै गाडिएको थियो।  पछिल्लो केही दिनदेखि भइरहेको वर्षाका कारण गंगामा पानी बढ्यो। नदीमा पानी बगेपछि गाडिएका शवहरू तैरिन थाले।  

प्रयागराज नगर निगमले दाह संस्कार गर्ने निर्णय लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell