PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता



पहिलोपोस्ट

चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता

काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्।

हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

बेपत्ता भएका मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै गोठ समेत पहिरोमा परेकाले गोठभित्र भएका गाईबस्तु समेत बगाएको छ।

केही दिनदेखि परेको अविरल वर्षाको कारण देशभरका विभिन्न जिल्लाहरू प्रभावित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell