PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

नुसरत फतेह अली खान र इमरान खानबिचको त्यो सम्बन्ध…



पहिलोपोस्ट

नुसरत फतेह अली खान र इमरान खानबिचको त्यो सम्बन्ध…

पाकिस्तानमा क्यान्‍सर पीडितको उपचार हुने अस्पताल छ - शौकत खानम अस्पताल। उक्त अस्पताल निर्माण गर्दा प्रधानमन्त्री इमरान खानको अगाडि अजंगको चुनौती थियो, पैसा जुटाउनु पर्ने। त्यस जिम्मेवारी निर्वाह गर्नका लागि खान एक भ्रमणमा निस्किएका रहेछन्, गायक नुसरत फतेह अली खानसँग। उनीहरू एकसाथ बेलायत र अमेरिका पुगेका थिए। किनकि इमरानको मिक ज्यागर, पिटर गेब्रियल, स्टिंग जस्ता चर्चित पप गायकहरूसँग राम्रो चिनजान थियो।

'मैले नुसरत फतेह अली खानलाई कैयौं पटक डिनरमा समेत बोलाएको थिएँ। जहाँ उनले सांगीतिक प्रस्तुति दिन्थे। पछि धेरै जना उनका फ्यान बनेका थिए,' इमरानले भने।

प्रधानमन्त्रीले आफूले नुसरत फतेह अली खानलाई परिचित गराएको भन्ने आरोप हालै सामाजिक सञ्जालमा छायो। सँगै प्रश्न उब्जियो - के गायक तथा संगीतकार नुसरत फतेह अली खानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि प्रधानमन्त्री इमरान खानको हात छ?

उनीहरू कहिले साथी बनेका थिए ?

मोहम्मद फारुक राव फारुक रेकर्डिङ स्टुडियोका मालिक हुन्। सन् १९७८ मा नुसरत फतेह अली खानले गीत रेकर्ड गर्न थालेका थिए। त्यही बेलादेखि नै खानसँग सम्बन्ध जोडिएको फारुकले बीबीसीसँगको कुराकानीमा बताएका छन्।

नुसरत फतेह अली खान र इमरान खानबिच राम्रो मित्रता र भाइचाराको सम्बन्ध रहेको उनले बताए। उनीहरूबिच व्यक्तिगत सम्बन्ध मात्रै नभएर पारिवारिक सम्बन्ध समेत रहेछ। र, उनीहरूको मित्रता भारतबाट पाकिस्तान छुट्टिनु अगाडि देखि कै हो।

नुसरत फतेह अली खान बुवा र प्रधानमन्त्री इमरान खानका हजुरबुवा जालंधरका थिए। उनीहरूको गाउँ नजिकै थियो। उनीहरू दुबैका परिवारहरूको एकअर्काको घरमा आवतजावत हुन्थ्यो। तर पछि पाकिस्तान छुट्टियो। भौतिक दूरी बढे पनि उनीहरूको परिवारिक सम्बन्ध बलियो नै रह्यो।

फारुख राव भन्छन्, 'जब मजीद खान क्रिकेट खेल्न फैसलाबाद जान्थे, उनी पनि नुसरत फतेह अली खानको घरमा जान्थे। एक पटक इमरान खान नुसरत फतेह अली खानकी छोरी निदा नुसरतको जन्मदिनमा उपस्थित हुन फैसलाबाद गएका थिए।'

सन् १९९२ मा अस्ट्रेलियामा क्रिकेट वर्ल्ड कप हुने घोषणा भयो। उक्त कार्यक्रममा नुसरत फतेह अली खानले प्रस्तुति दिएका थिए। त्यतिखेर नै शौकत खानम अस्पताल बनाउने घोषणा भएको थियो।

खानले आफ्नो प्रतिभा र कडा मेहेनेतले गायन क्षेत्रमा राज गरेको फारुख राव मान्छन्। भन्छन्, 'पहिले उनका एसियाली मात्रै फ्यान थिए। अस्ट्रेलियामा वर्ल्ड कपको कार्यक्रममा प्रस्तुति दिएपछि उनलाई अस्ट्रेलियालगायत युरोपका दर्शकले समेत मन पराउन थाले।

बेलायतमा पनि इमरान खान र नुसरत फतेह अली खानले सहयोगार्थ थुप्रै कार्यक्रम गरेका थिए। क्रिकेट खेल्न इमरान खान विदेश गइरहन्थे। जसकारण उनको विदेशतिर राम्रो पहुँच र फ्यान फलोर थिए। इमरानका कारण पछि फतेह अली खानले समेत त्यो साथ र समर्थन पाए।

'पहिले विदेशका मानिसहरूले हाम्रो गायकका गीत सुन्दैन्थे। हाम्रो गायकको कन्सर्टमा आउन समेत रुचाउँदैन्थ्ये। तर इमरान खानले विदेशमा परिचय गराइदिएपछि नुसरत फतेह अली खानका गीत समेत सुन्न थाले। उनका लागि सयौँ कन्सर्ट समेत हुन थाले। नुसरत फतेह अली खान एक राम्रा गायक भन्नेमा कुनै शंका छैन। तर अन्तर्राष्ट्रिय दर्शक कमाउन र खान साहबका परिचय दिलाउन भने इमरान खानको नै मुख्य भुमिका छ,' उनले बीबीसीसँग सुनाए।

पैसाको लोभबिना नै नुसरत फतेह अली खानले इमरान खानलाई साथ दिएका थिए

तर इलियास हुसैन भने इमरान खानको कुरामा सहमत छैनन्। इलियास हुसैन नुसरत फतेह अली खानका अनुयायीहरू मध्ये एक हुन्।

उनी भन्छन्, 'नुसरत फतेह अली खान र इमरान खान युरोपका विभिन्न देशहरूमा गएर कन्सर्ट गर्थे। उहाँमा पैसाको लोभ थिएन। उहाँले बिना पैसा शौकत खानम अस्पतालको लागि खडा गरिएको फन्डमा इमरानको पूरा साथ दिएका थिए।'

इलियास हुसेन पनि नुसरत फतेह अली खान र इमरान खानबिच घनिष्ट सम्बन्ध भएको स्विकार गर्छन्। उनीहरू धेरै नजिक थिए। जब इमरान खानले विश्वकप जितेका थिए भने नुसरत फतेह अली खान पनि अष्ट्रेलियामा थिए। इमरान खानको क्रिकेट खेल थियो भने नुसरत फतेह अली खानको सांगितिक कार्यक्रम थियो।

खान साहब ८० को दशकदेखि नै युरोप जाने गर्थे

नुसरत फतेह अली खान पहिले देखि नै विदेशीमाझ लोकप्रिय रहेको इलियास हुसैनले दावी गरे। उनी भन्छन् 'वर्ल्ड कप त दुइ पटक मात्र भएको थियो। तर खान साहब ८० कै दशकदेखि युरोपको कार्यक्रममा जानुहुन्थ्यो। जसमा इमरान खानको कुनै भूमिका छैन। उहाँले विश्वभरका कार्यक्रममा गीत गाउनु भएको छ।'

बरु इमरान खानलाई नुसरत फतेह अली खानले सहयोग गरेको मान्छन् उनी। पैसा नलिइ विभिन्न मुलुकमा कार्यक्रम गरेर क्यान्सर अस्पताल निर्माण गर्न नुसरत फतेह अली खानले ठूलो भुमिका निर्वाह गरेको बताउँछन् उनी।

नुसरत फतेह अली खानलाई युरोप वा विश्वमा चिनाउन इमरान खानको कुनै भूमिका नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell