काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका २० जनालाई कोभिड १९ संक्रमण देखिएको छ। साफ च्याम्पियनसिप र एसिया कप क्वालिफायर्सको तयारीका लागि आजबाट सुरु हुने भनिएको प्रशिक्षण अघि खेलाडी र अफिसियलको कोभिड परीक्षण गर्दा २० जनामा कोभिड संक्रमण देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए।
'जम्मा २० जनालाई कोभिड संक्रमण भएको हो।' उनले भने।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले टिमका खेलाडी र अफिसियललाई कोभिड संक्रमण भएको देखिएको र अझै केहीको रिपोर्ट कुरिरहेको बताए।
तुलाधरले भने, ' बेलुका फेरि गरेको नेगेटिभ भनेको छ। नेगेटिभको रिपोर्ट चाहीँ आइपुगेको छैन। त्यही भएको प्रशिक्षण एकहप्तालाई पछि सारेका हौं।'
खेलाडीमा संक्रमण देखिएपछि आजबाट सुरु हुने भनिएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एक सूचना निकाल्दै फुटबलको प्रशिक्षण स्थगित भएको जनाएको हो।
यसअघि साफ गेम र एसियन कप क्वालिफायर्सको तयारीका लागि जुलाई १ बाट प्रशिक्षण सुरु गराउने एन्फाले जनाएको थियो। अब जुलाई ७ बाट प्रशिक्षण सुरु हुने समेत एन्फाले जनाएको छ।
प्रशिक्षणको प्रारम्भिक चरणमा ५० जना खेलाडीलाई बोलाइएको छ।
यी हुन प्रशिक्षणमा बोलाइएको ५० खेलाडी
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुस घलान, भरत खवास, विबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, शेषेहाङ आङदाम्बे, शिषिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुर जिउ ठकुरी, तेज तामाङ र त्रिदेब गुरुङ
