PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टी भएको हो। यो अवधिमा देशभर १० हजार ९ सय ८५ जनाको कोरोना संक्रमण परीक्षण गरिएको थियो। जसमा ७ हजार १ सय ३० जनाको आरटी पिसिआर र ३ हजार ८ सय ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

१ हजार ८ सय ५७ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको हो। त्यस्तै २४ घण्टामा देशभर ४ हजार १७ जना संक्रमण मुक्त भएका छन्।

संक्रमण भएका ३३ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell