PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

महाधिवेशन नजिकिँदा कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधुप बढ्यो



रिना थापा

महाधिवेशन नजिकिँदा कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधुप बढ्यो

पोखरा: नेपाली कांग्रेसको चौधौँ महाधिवेशन नजिकिँदै छ। नेतृत्वका लागि आन्तरिक रुपमा केन्द्रदेखि प्रदेश र जिल्लासम्म दाउपेच सुरु भइसकेको छ।

नेतृत्वको लगाम आफ्नो हातमा पार्ने दाउमा नेताहरुले कसरत सुरु गरेका छन्। कास्कीमा पनि नेतृत्वको होड सुरु भइसकेको छ। १२ साउनदेखि वडाबाट सुरु हुने अधिवेशनमा २६ गते जिल्ला नेतृत्व चयन हुनेछ।

कास्कीमा वर्तमान सभापति कृष्ण केसीले नेतृत्व दोहोर्‍याउने सम्भावना कम रहेको निकटहरु बताउँछन्। तर अहिलेसम्म खुलेर चुनावी मैदानमा भने कोही आइसकेका छैनन्। आन्तरिक दौडधुप भने तीव्र छ।

१४औँ महाधिवेशनमा वर्तमान जिल्ला कार्यसमिति उपसभापति आइबहादुर गुरुङसहित सचिव सुदीप मोहन भट्टराई, तरुण दलका अध्यक्ष मनोज गुरुङ, वर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा सभापतिका आकांक्षी छन्।

गुरुङले आफू कांग्रेसमा लामो समयसम्म योगदान दिएकाले सभापतिमा लड्ने निर्णय गरेको बताएका छन्। ‘लामो समय पार्टीमा लागेकाले जीवन यसैमा लगाएकाले इच्छा राखेको हुँ।’

पार्टीले पनि सकारात्मक रुपमा लिने उनको विश्वास छ।

कांग्रेस महाधिवेशन तालिका नजिकिए पनि क्रियाशील सदस्यताको टुंगो अझै लागेको छैन। २० असारमा क्रियाशील सदस्यताको सूची पार्टी सभापतिलाई बुझाएर २४ असारमा निर्वाचन समिति बुझाउने कार्यतालिका छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell