PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरः आज भलभल अष्टमी।  भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ।

बिहीबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास् मा देवदेवीको नाच देखाइएको थियो। त्यसपछि देवगणहरुले भक्तपुर नगर परिक्रमा गरेका थिए।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखाइने यो नाच यसपटक पनि कोरोना भाइरसको संक्रमण फैलिने त्राससँगै गरिएको निषेधाज्ञाका कारण पूर्णरूपमा सञ्चालन हुन सकेन। गत वर्ष पनि संक्रमणको कारण नाच रोकिएको थियो। 

दशैँको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच उपत्यकाकै सबैभन्दा लामो समय चल्ने नाच हो।  नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत गर्ने गरिन्छ।

नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ। ब्रम्हायणीबाट सुरु भइ ब्रम्हायणीमा पुगेर समाप्त हुने भएकाले देवगणहरुको मूल देवता ब्रम्हायणीलाई मान्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell