PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पछिल्लो दुई सातामा बाढी पहिरोमा २७ जनाको मृत्यु, २६ जना अझै बेपत्ता



पहिलोपोस्ट

पछिल्लो दुई सातामा बाढी पहिरोमा २७ जनाको मृत्यु, २६ जना अझै बेपत्ता

काठमाडौंः पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ।

वर्षाको कारण विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। बाढीले जनधनको क्षति पुर्‍याएको छ। सिन्धुपाल्चोक जिल्ला सबै भन्दाबढी प्रभावित बनेको छ। गएको १७ दिनमा देशभर बाढी पहिरोमा परेर २७ (बिहीबार सम्म) जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार १८ दिनमा २७ जनाको मृत्यु भएको हो। त्यस्तै २६ जना बेपत्ता भएका छन्। घाइते हुनेको सङ्ख्या पनि उतिकै रहेको छ। १९ जना घाइते भएका छन्। बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बाढी पहिरोमा परेकाहरूको उद्धार तथा व्यवस्थापनमा खटिएको छ।

बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, चितवन, गुल्मी, सप्तरी, काभ्रे लगायतका २६ वटा जिल्ला सबैभन्दा धेरै प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म बाढी पहिरोको कारण ४ सय ६२ वटा घरहरुमा पूर्ण क्षति पुगेको छ। त्यस्तै १ सय १० वटा घरमा आशिंक क्षति पुगेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell