PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएकै भित्तामा नेविसंघले लेख्यो 'महानगर र विद्यासुन्दर शाक्य मुर्दावाद'



रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएकै भित्तामा नेविसंघले लेख्यो 'महानगर र विद्यासुन्दर शाक्य मुर्दावाद'

काठमाडौं : रत्नपार्कमा रहेको आकाशे पुलमा नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका र नगर प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा नारा लेखेको छ।

कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको थियो। त्यसैको विरोधमा नेपाल विद्यार्थी संघले महानगर र शाक्यको विरोधमा चित्र मेटाइकै भित्तामा नारा लेखेको हो।

सम्बन्धित समाचार : कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र महानगरले किन मेटायो?

दुर्जाङ्ग शेर्पासहित चार जनाले ६ दिन लगाएर चित्र बनाएका थिए। ४ जना त उनीहरुका लागि स्वयम सेवीका रुपमा खटिएका थिए। वडाको सिफारिस भएपनि महानगरसँग अनुमति नलिएको भन्दै नगर प्रहरीले चित्र मेटाएको थियो। चित्र मेटाएपछि महानगरको आलोचना भइरहेको छ।

महानगरले चित्र मेटाएको भित्तामा लाखौं खर्चेर अर्को चित्र बनाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell