PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भारतीयका लागि पाकिस्तानीको कामना : हामी भारतसँगै उभिन्‍छौं



पहिलोपोस्ट

भारतीयका लागि पाकिस्तानीको कामना : हामी भारतसँगै उभिन्‍छौं
Getty Images

भारत र पाकिस्तान बिचको तनावपूर्ण सम्बन्ध सामाजिक सञ्जालमा समेत झल्कन्‍छ। सीमा विवाददेखि आरोप प्रत्यारोपमा उत्रन्छन् दुबै देशका जनता। तर, अप्रिल महिनाको अन्त्यमा जब भारतमा कोरोना भाइरसको नयाँ लहर सुरु भयो तब सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्ता फरक रुपमा प्रस्तुत भए।

उनीहरूले भारतीयका लागि कामना गरिरहेका थिए। पाकिस्तानीहरूले भारतलाई अक्सिजन आवश्यक छ, पाकिस्तान भारतसँगै उभिन्छजस्ता ह्यासट्यागसहित सद्भावना देखाएका थिए।

तर, ती ह्यासट्यागसहित लेखिएका हरेक ट्वीट सकारात्मक नै थिए भन्ने यकिन नभएको बीबीसी हिन्दीमा उल्लेख छ। केही प्रयोगकर्ताले यस विषयलाई ट्रोलसमेत बनाएका थिए भने केहीले क्रिकेटर वा बलिउड स्टारहरूलाई जन्मदिनको शुभकामना दिन समेत प्रयोग गरे।

आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा गरिएको अध्ययनका अनुसार अप्रिलको २१ तारिखदेखि मेको ४ सम्म गरिएको ट्वीटहरू सकारात्मक थिए।

कार्नेगी मेलन विश्वविद्यालयले मेसिन लर्निङको प्रयोग गरेर दया, सहानुभूति र एकजुटता दर्शाउने ट्वीटहरूको पहिचान गर्नका लागि एक सर्वेक्षण गरिएको थियो। शोधकर्ताहरूले केही 'टेक्स्ट'लाई 'होप सर्च क्लासिफायर'मा राखे जसले भाषामा सकारात्मकता बुझ्न सहयोग गर्‍छ। उक्त साधनले 'शत्रुता कम गर्ने सकारात्मक कुरा' वा प्रार्थना, सहानुभूति, संकट र एकजुटतास्ता शब्द पहिचान गर्छ।

अध्ययन अवधिमा पाकिस्‍तानबाट भारतको समर्थनमा आएको ट्वीटको संख्या विरोधी ट्वीटको तुलनामा बढी थियो। समर्थन जनाउने ट्वीटहरूमा नै बढी लाइक र रिट्वीट थिए।

अध्ययनको नेतृत्व गरेका खुदाबख्श भन्छन्,'मानिस आफ्नो भावनालाई कसरी प्रकट गर्छन् भन्ने कुरा हाम्रो अध्ययनले देखाएको छ। ती ट्वीटहरूको समानता के रहेछ भने ४४ प्रतिशत अभिव्यक्ति सकारात्मक छन्।'

अप्रिलको अन्त्य र मेको सुरुवातमा जब भारतीय अस्पतालमा शय्या र अक्सिजनको अभावमा मानिस मर्न थाले तब २४ घण्टा चलिहेको चिहानमा समेत ठाउँ थिएन। सीमा पारी पाकिस्तानका मानिसले त्यो अवस्थामा सकारात्मक कामना गर्नुलाई सुखद मानियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell