काठमाडौः लुम्बिनी प्रदेशकी भौतिक पुर्वधार विकास, राज्यमन्त्री सुमन शर्माले रायमाझीले राजीनामा दिएकी छिन्।
शुक्रवार उनले मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा पत्र बुझाएकी हुन्। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन नगरेकाले आफूले राजीनामा दिएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। उनी जसपाबाट प्रदेश सभा सदस्य भएकी हुन्।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहबाट राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै प्रदेशका मुख्यमन्त्री समक्ष राजिनामा दिएकी छिन । जसपा अध्यक्ष उपेन्द्र यादवले प्रलोभनमा परि पार्टी निर्णय विपरित गएकाहरु चाँडै घर फर्किने घोषणा गरे लगतै सुमनको राजिनामा आएको हो ।
पार्टीको सहयोग र समर्थन विना काम गर्न नसक्ने भन्दै उनले राजीनामा बुझाएकी हुन्।