PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेलम्ची बाढी पीडितका लागि तत्काल पुनर्स्थापनाको कार्यक्रम ल्याउन सांसद लामाको माग, 'बालुवाटार घेर्न नपरोस्'



निशा गुरुङ

मेलम्ची बाढी पीडितका लागि तत्काल पुनर्स्थापनाको कार्यक्रम ल्याउन सांसद लामाको माग, 'बालुवाटार घेर्न नपरोस्'

हेटौंडा : वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा उक्त क्षेत्रका सांसदले माग गरेका छन।  

प्रदेशसभामा विहीवार सांसद निमा लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा केन्द्र र प्रदेश सरकारले वेवास्ता गरेको आरोप लगाउँदै प्रदेश सरकारले अहिलेसम्म मेलम्ची बाढी पीडितका लागि कुनै योजना र कार्यक्रम नल्याएकोमा आपत्ति जनाए।

सांसद लामाले बेपत्ताको खोजी र घाइतेको उपचार गर्न, सम्पूर्ण सम्पत्ति बगाएकाहरूको बारेमा ठोस योजना ल्याउन सडक र पुल बगाएकाले तत्काल निर्माणको काम थालनी गर्नु गर्नुपर्ने बताए। माछा व्यवसायसहित कैयान्ले व्यवसाय गुमाएको उल्लेख गर्दै सिन्धुपाल्चाचोकको पीडामा मल्हम नलगाउने हो भने प्रधानमन्त्री र मूख्यमन्त्री कार्यालय घेर्न पछि नपर्ने चेतावनी पनि दिए।

'तटीय क्षेत्रमा बसोबास गर्न नहुने हो भने तत्काल वैकल्पिक व्यवस्था गरोस र राजधानीको तिर्खा मेटाउने पानीको मुल जोगाउन वातावरणीय संरक्षण एव विपद्को विशेष व्यवस्था होस, नभए हेलम्बु, मेलम्ची र पाँचपोखरीवासीले काठमाडौंमा पानी झर्न दिने छैन,' लामाले भने, 'सरकाले बेवास्ता जारी राखे हेटौंडाको मुख्ममन्त्री निवास र काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा कब्जा गरेर बस्न नपरोस्।'

असार १ गते हेलम्बुको भ्रेमाथाङ पहिरोका कारणर लेदोसहितको बाढी हेलम्बु, पाँचपोखरी थाङपाल र मेलम्ची क्षेत्रमा ठुलोमात्रमा धनको क्षति भने पाँच जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै वेपत्ता छन्। बाढीले घर र कैयौ खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। यस क्षेत्रमा कैयनको व्यापार व्यवसायमा क्षति पुगेको छ।

प्रधानमन्त्री ओलीले ध्यान नदिएकोमा आपत्ति

प्रदेश सांसद लामाले मेलम्ची बाढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानाकर्षणसमेत गराएका छन्। 'मेलम्ची बाढीले सरकारमाथि प्रश्नै प्रश्न उब्जिएको छ। राजधानीको तिर्खा मेटाउने मेलम्चीको पीडामा छेवैमा भएको सरकार प्रमुखले वास्ता नगर्दा लाजमर्दो स्थिति पैदा भएको,' लामाले भने, 'पानीका लागि तीन हात उफ्रेर हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले यो दुखमा नाकमुख नदेखाएकोमा आक्रोश व्यक्त गरेका थिए। यो देशकै लागि लज्जास्पद विषय हैन?' यहाँका स्थानीय जनप्रतिनिधि आफ्नो पक्षको नभएकोले ओलीले यस क्षेत्रमा ध्यान नदिएको उनको आरोप थियो। ‘हेलम्बुको स्थानीय सरकार कांग्रेसको र मेलम्ची र पाँचपोखरीको स्थानीय सरकार माधव नेपाल पक्षकै भएको कारण न त प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता पर्‍यो न त वाग्मती प्रदेश सरकारको,’ उनले भने।

लामाले मुख्यमन्त्री डोरमणि पौडेलमाथिसमेत आक्रोश पोखे। 'मुख्यमन्त्री डोरमणि पौडेल पनि उक्त क्षेत्र जानु भयो। मुख्यमन्त्रीज्युलाई थाहै होला, यत्रो विपत्ति आउँदा उहाँले मेलम्चीका लागि अहिलेसम्म सहयोगको कुनै ठोस योजना घोषणा गर्नुभएको छैन,' उनले भने, 'खाली तटीय क्षेत्रको जनतालाई बाढी आउने चेतावनी दिने काममात्र हो सरकारको, त्यहाँको जनजीवनको सुरक्षा गर्नु पर्ने जिम्मेवारी होइन भनी प्रश्न गर्दै सांसद लामाले भने, तटीय क्षेत्रमा हुने उब्जनी नेपालको हैन के करमा मात्रै ध्यान हो सरकारको किन यसरी छोइछिटो गरिन्छ? के मेलम्चीलाई यसरी नै पक्षपात गरिरहने?  के मेलम्ची वागमतीको गौरवको परियोजना हैन हेलम्बु, पाँचपोखरी थाङ्पाल र मेलम्ची प्रदेशकै चिनिएको पर्यटकीय पकेट क्षेत्र हैन र?'

प्रदेश सरकारकै गल्ती!

मेलम्चीको बगरमा कभर्ड हल आफ्नो रायबिना बनाएको लामाको तर्क थियो। 'सायद मुख्यमन्त्रीज्युले मेलम्ची पुग्दा कभर्ड हल कहाँ छ भनेर पनि हेर्नुभयो होला,' उनले थपे, 'सम्बन्धित प्रदेशको सदस्यसँग कुनै सल्लाह नगरी खल्तीको मन्त्रीलाई खुसी बनाउन त्यहाँ बजेट हालेर कभर्ड हल बनाउनु नै सरकारको गल्ती हो। वर्षदिन अघि कभर्ड हल बन्दै गर्दा ८ जना कामदारको मृत्यु भएको थियो। सायद त्यही नै पूर्व सूचना थियो कि यो प्रकोपको?' उक्त कभर्ड हल युवराज दुलाल मन्त्री बन्दा बजेट परेको थियो।

सरकार आफैले बगरमा संरचना बनाएर जनतालाई बगरमा घर बनाएको आरोप लगाउनु उचित नहुने उनको भनाई थियो। 'अहिले जनताले बगरमा संरचना बनाए भनेर पीडित जनतामाथि झन पीडा थप्ने काम भएको  वताए।  यदि सरकारले सचेत भएको भए मेलम्ची खोलाको किनारामा किन कभर्ड हल बनाइयो?' सांसद लामाको प्रश्न थियो, 'उक्त क्षेत्र जोखिमपूर्ण क्षेत्र थियो भनेर अहिले प्रचार गरिएको छ। यदि त्यसो हो जोखिम मोलेर जनतालाई नै माथ खुवाउँदै किन सरकारी संरचना बनाइयो?  जोखिमको प्रतिवेदन थियो भने किन त्यो प्रतिवेदन जनतालाई देखाइएन जनतालाई सचेत किन गराइएन?'

लामाले मेलम्ची बाढी पीडितलाई सरकारले तत्काल पुनर्स्थापना कार्यक्रम ल्याउन र बाटो जोड्ने पक्की पुल बनाउन तत्काल योजना ल्याउनसमेत माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell