PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै विपक्षी विद्यार्थी संगठन, आज पनि जलाइयो प्रधानमन्त्रीको पुतला

सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै विपक्षी विद्यार्थी संगठन, आज पनि जलाइयो प्रधानमन्त्रीको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले मीनभवनमा प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको हो। बिहीबार विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा पुतला जलाउँदै विरोध जनाएका थिए।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको उनीहरुको आरोप छ।

क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुतला जलाउँदै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो।

 

शुक्रवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने,असार २० गते विद्यार्थी आन्दोलनका पुर्व अध्यक्षसँग अन्तक्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell