काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
६ हजार ५ सय ६६ जनाको आरटी पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। त्यस्तै संक्रमण भएका ३४ जनाको मृत्यु भएको छ।
त्यस्तै सोही अवधिमा ३ हजार ४ सय ५१ जना संक्रमण मुक्त भएका छन्।
