PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ। क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले मसाल जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

शुक्रवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिवार ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने, असार २० गते विद्यार्थी आन्दोलनका पूर्व अध्यक्षसँग अन्तक्र्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell