जनकपुरधामः प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई जनालई नियुक्त गरेको छ।
प्रदेश सरकारले सिरहा मिर्चैया नगरपालिका २ का डा. वैद्यनाथ महतो र धनुषाको मिथिला नगरपालिका ६ का प्रमिलाकुमारी सिंह सदस्यमा नियुक्त भएका हुन्।
नवनियुक्त दुबै सदस्यलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
