PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चीनको साइनोफार्म कम्पनीसँग खोप खरिद सम्झौता, असार २४ पछि आपूर्ति सुरु हुने



पहिलोपोस्ट

चीनको साइनोफार्म कम्पनीसँग खोप खरिद सम्झौता, असार २४ पछि आपूर्ति सुरु हुने
फाइल फोटो

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरिद सम्झौता गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौता भएको जनाएको छ। असार २४ गतेपछि विभिन्न चरणमा खोप प्राप्त हुने विज्ञपित्मा जनाइएको छ। 

खोपको निरन्तर आपूर्ति भएसँगै चरणवद्ध रुपमा खोप कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। कति खोप खरिद गर्न लागिएको भन्ने विज्ञप्तिमा जनाइएको छैन। 

मन्त्रालयका अनुसार हालसम्म कोभिडविरुद्धको पहिलो मात्रा खोप २५ लाख ७४ हजार ७१५ जनालाई लगाइएको छ। यो कूल जनसंख्याको ९ प्रतिशत हो। यस्तै, दोस्रो मात्रा ७ लाख ५७ हजार ३८० जनालाई लगाइएको छ। यो कूल जनसंख्याको तीन प्रतिशत हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell