PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

जर्मनीका टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास



पहिलोपोस्ट

जर्मनीका टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। जर्मन टिमका महत्वपूर्ण सदस्य क्रुसले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्

जर्मन टिमबाट ११ वर्ष खेलेका उनले १०६ वटा क्याप जितेका छन्। उनले अब अगाडि आफु आबद्ध क्लब रियल मड्रिडमा केन्द्रीत हुने बताएका छन्। उनले पछिल्लो समय युरो कपको अन्तिम १६ मा इङ्ग्ल्याण्ड विरुद्धको खेल खेलेका थिए। उक्त खेलमा जर्मनी २-० गोलअन्तरले पराजित भएको थियो।

'मैले जर्मनीका लागि १०६ पटक खेलेँ। अब अर्को पटक होइन।' उनले ट्वीटरमा लेखेका छन्,' मैले यो प्रतियोगितासँगै सन्यासको निर्णय लिएको छु। मेरो लागि यो स्पस्ट छ, म कतार विश्वकपमा उपलब्ध हुने छैन।'

उनले भनेका छन्: अबको केही वर्ष म रियल मड्रिडको लक्ष्यमा केन्द्रीत हुनेछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell