PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बेल्जियमलाई हराउँदै इटली सेमिफाइनलमा



पहिलोपोस्ट

बेल्जियमलाई हराउँदै इटली सेमिफाइनलमा
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा इटलीले बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाको गोलमा इटलीले अग्रता बनाएको थियो। त्यस्तै खेलको ४४ औं मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए। अर्कोतर्फ बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए।

दोस्रो हाफमा दुबै पक्षले गोल थप्न नसक्दा इटलीले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

आजै सम्पन्न पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा स्पेन र इटली प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell