PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा



पहिलोपोस्ट

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको छ। रियो डी जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा चिलीमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४८ औं मिनेटमा ब्राजिलले अग्रता बनाएको थियो। लुकास पक्वेटाले गरेको उक्त गोल ब्राजिलको जितका लागि निर्णायक बन्यो। खेलको ४८ औं मिनेटमा ब्राजिलका गाब्रियल जिसस रेड कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित ब्राजिललाई चिलीले गोल फर्काउन सकेन।

ब्राजिलले सेमिफाइनलमा अब पेरुसँग आमनेसामने हुनेछ। आजै बिहान सम्पन्न अर्को खेलमा पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा निर्धारित समय ३-३ को बराबरीमा रोकिएको थियो। र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा ४-३ ले जित निकाल्दै पेरुले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell