PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

युरो कप: चेक रिपब्लिकलाई डेनमार्कको र इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती



पहिलोपोस्ट

युरो कप: चेक रिपब्लिकलाई डेनमार्कको र इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती
Photo: UEFA

यूईएफए युरो कपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क बाकु ओलम्पिक स्टेडियममा बेलुकी पौने १० बजे आमनेसामने हुनेछन्।

इतिहासलाई हेर्ने हो भने डेनमार्कमाथि चेक रिपब्लिक हावी देखिन्छ। २५ खेलमा हालसम्म डेनमार्कले चेक रिपब्लिकमाथि दुई खेलमात्र जित निकाल्न सकेको छ। युरोकपमा यी दुई टोली तेस्रो पटक भेट हुँदैछन्। यसअघिका दुबै खेलमा चेक रिपब्लिकले जित निकालेको थियो। त्यस्तै पछिल्ला ६ मध्येका पाँच खेल बराबरीमा रोकिएका छन्।

समूह चरणमा समूह 'बी' को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै समूह 'डी' को तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिकले अघिल्लो चरणमा उपाधि दाबेदार मानिएको नेदरल्याण्ड्सलाई २-० ले हराएको थियो।

त्यस्तै आजै राति हुने अर्को खेलमा इङ्ग्ल्याण्ड र युक्रेन आमनेसामने हुनेछन्। समूह 'सी' को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको युक्रेनले अर्को चरणमा स्वीडेनलाई हराएको थियो भने समूह 'डी' को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो। यी दुई टोली राति पौने १ बजे इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा भिड्नेछन्।

सबै प्रतिस्पर्धामा गरी यी दुई टोली सात पटक आमनेसामने भएका छन् जसमा इङ्ग्ल्याण्ड मात्र एक पटक पराजित भएको छ। मुख्य प्रतियोगितामा यसअघि २०१२ को युरो कपको समूह चरणमा यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए जसमा वायने रुनीको गोलमा इङ्ग्ल्याण्डले जित निकालेको थियो। युक्रेनलाई पहिलो पटक युरो कपको क्वाटरफाइनल खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell