काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान-श्रीमतीको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थली ओरालोमा बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।
वस्तु कुर्न गोठमा सुतेका श्रीमान-श्रीमतीको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डीएसपी ढुण्डी न्यौपानेले बताए। शनिवार बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियोI