PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चितवनमा एक पुरुषको शव फेला,सनाखत भने हुन सकेन



रासस

चितवनमा एक पुरुषको शव फेला,सनाखत भने हुन सकेन

चितवनः पूर्वी चितवनमा आज बिहान एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४५ वर्षको व्यक्ति आज बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नदीले बगाएर ल्याएको जस्तो देखिने मङ्गोलियन वर्णको पुरुष व्यक्तिको शव रत्ननगर नगरपालिका–७ सौराहाको घोलमा भेटिएको हो।

घोलमा शव भेटिएसँगै परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको डिएसपी रानाले जानकारी दिए। मृतकको पहिचानका लागि बूढी राप्ती र कयर खोला आसपासका स्थानीयवासीलाई खबर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell