PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नेवाः सुन्दरी नितु डंगोलले साटिन् जन्मदिनमा खुशी



पहिलोपोस्ट

नेवाः सुन्दरी नितु डंगोलले साटिन् जन्मदिनमा खुशी

काठमाडौं : मिस नेवाः ११३९ नितु डंगोलले यस वर्षको जन्मदिन बालबालिकासँग मनाएकी छिन्। उनले नयाँ बानेश्वरस्थित न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकासँग केक काटेर र समय बिताएर मनाएकी हुन्।

आश्रममा आश्रित ४० जना बालबालिकाका लागि कापी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराइन्। साथै उनीहरूको लागि खाद्यन्न पनि हस्तान्तरण गरिन्।

बालबालिकाको दैनिकी र शिक्षामा सघाउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन्। डंगोलले मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फष्ट रनर्सअप प्रिया तुलाधरलगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell