PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विधान अधिवेशन साउन २५ गते गर्ने निर्णय गरेको बालुवाटारको बैठकले अरु के-के गर्‍यो निर्णय?



पहिलोपोस्ट

विधान अधिवेशन साउन २५ गते गर्ने निर्णय गरेको बालुवाटारको बैठकले अरु के-के गर्‍यो निर्णय?

काठमाडौं : नेकपा (एमाले)ले विधान अधिवेशन साउन २५ गते गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको महाधिवेशन आउने बैशाखमा गर्ने प्रस्ताव गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए।

मंसिर महिनाका लागि तोकिएको महाधिवेशन प्रतिनिधि सभाको निर्वाचन मंसिरमै तोकिएकाले सारिएको हो। यस्तै,पार्टी सदस्यता नविकरण असार मसान्तसम्म सक्ने पनि बैठकले निर्णय गरेको छ।

भदौ ५ मा वडा र भदौ २५ गते पालिका अधिवेशन सम्पन्न गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको हो। यस्तै, बैठकमा ओलीले केन्द्रीय सदस्यहरुलाई चुनावमा केन्द्रित हुन निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell