PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सूचांकमा आधारित कृषि बिमा प्रवर्द्धनमा कोलार्प, कैलालीबाट पाइलट परीक्षण



पहिलोपोस्ट

सूचांकमा आधारित कृषि बिमा प्रवर्द्धनमा कोलार्प, कैलालीबाट पाइलट परीक्षण

काठमाडौं : भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य परियोजना (कोलार्प)ले सूचांकमा आधारिक कृषि बिमा कार्यक्रमलाई अगाडि बढाएको छ।

पहिलो चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरेर बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा कार्यक्रम कैलालीको भजनी नगरपालिकामा सम्भाव्यता/पाइलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयनमा ल्याएको हो। परीक्षणबाट प्राप्त अध्ययनको सफलतालाई आंकलन गरी अन्य पालिकाहरुमा पनि विस्तार गरिने कोलापका कार्यकारी निर्देशक धनेज थापाले जानकारी दिए।

थापाका अनुसार हरेक वर्ष बाढी, खडेरी तथा अन्य प्राकृतिक प्रकोपले निम्त्याउने विपद्धले लाखौ किसान मारमा परिरहेका छन्। यस्ता विपद्ध जोखिम न्यूनिकरण गर्न कृषि बिमाको व्यवस्था लागु गरे पनि सोचे अनुरुप सफलता प्राप्त गर्न सकिएको छैन। परम्परागत कृषि बिमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचांकमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ। यसलाई मध्यनजर गर्दै कोलार्पले नवीन परियोजना संचालन गरिरहेको हो।

यस परियोजनाको मुख्य उद्देश्य सूचांकमा आधारित कृषि बिमालाई सरल, सस्तो र नवीन वित्तीय रणनीतिको रूपमा विकास गरि साना किसानहरूलाई बाढी वा खडेरीबाट बालीमा हुने नोक्सानीमा उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था सृजना गर्नु रहेको थापाको भनाई छ।

'नेपालमा विषेशत परम्परागत क्षतिपूर्तिमा आधारित कृषि बीमा, जसले प्रमाणीकरण घाटामा भुक्तानी गर्दै आइरहेको पाइन्छ। यसको उच्च लागत, प्रशासकिय झन्झट तथा क्षतिपूर्ति प्राप्त गर्न लाग्ने लामो समय जस्ता कारणले साना किसानहरूको प्रकोपसँग सम्बन्धित कृषि विमामा उत्सुकता रहेको पाइँदैन,' कार्यकारी निर्देशक थापाले भने, 'त्यसैले सूचांकमा आधारित बाली क्षति निर्धारण गरि क्षतिपूर्ति प्रदान गर्दा ठूलादेखि साना किसान सबै लाभान्वित हुनसक्ने देखिन्छ।'

साथसाथै बिमा कम्पनीहरुले बालि क्षति र क्षतिपूर्ति प्रदान गर्दा भोग्दै आइरहेको पारदर्शिता र उत्तरदायित्वका सवाल पनि धेरै हदसम्म कम हुने कोलार्पको विश्वास छ।

कृषि बिमालाई प्रवर्द्धन कोलार्पले शुक्रवार सरकारी र गैर–सरकारी, निजी संस्था, किसान समूह संगठन र सरोकारवालाहरुसँग छलफल गरेको छ। कोलार्पले छलफलमा सम्पूर्ण सरोकारवालाहरुसँगसामु विस्तृत परियोजनाको प्रस्तुति दिएको थियो। सहभागीहरुले सूचांकमा आधारित कृषि बिमा प्रवर्द्धनमा साथ दिने प्रतिबद्धता जनाए।

सगरमाथा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सफल अनुसन्धान तथा प्रभावकारी ढंगले कार्यान्वनका लागि सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell