PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

२५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड



पहिलोपोस्ट

२५ वर्ष पछि युरो कपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा युक्रेनलाई हराउँदै इङ्ग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वफुटबलकै महारथी मानिने इङ्ग्ल्याण्डले युक्रेनमाथि ४-० को जित निकाल्दै २५ वर्षपछि पहिलो पटक युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिककोमा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले सुरुबाटै खेलमा दवाब बनाएको थियो। खेलको चौथो मिनेटमा रहिम स्ट्रलिङको पासमा गोल गर्दै कप्तान ह्यारी केनले अग्रता बनाए। त्यस्तै पहिलो हाफमा एक गोलले अघि इङ्ग्ल्याण्डका लागि ह्यारी म्यागुएरले ४६ औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यस्तै ५० औं मिनेटमा ह्यारी केनले अर्को गोल थपे। त्यस्तै खेलको ६३ औं मिनेटमा म्यासन माउन्टको पासमा जोर्डन हेण्डर्सनले गोल गर्दै इङ्ग्ल्याण्डको फराकिलो जित सुनिश्चित गरे।

योसँगै जारी प्रतियोगितामा कुनै गोल नखाइ इङ्ग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्यसमा पनि १९९६ पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब सेमिफाइनलमा इङ्ग्ल्याण्डले डेनमार्कको सामना गर्नेछ।

यस्तो छ युरोकपमा इङ्ग्ल्याण्डको प्रदर्शन

१९६० सहभागिता जनाएन

१९६४ छनोट भएन

१९६८ तेस्रो स्थान

१९७२ छनोट भएन

१९७६ छनोट भएन

१९८० समूह चरण

१९८४ छनोट भएन

१९८८ समूह चरण

१९९२ समूह चरण

१९९६ सेमिफाइनल

२००० समूह चरण

२००४ क्वाटर फाइनल

२००८ छनोट भएन

२०१२ क्वाटरफाइनल

२०१६ अन्तिम १६



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell