PahiloPost

Jun 15, 2026 | १ असार २०८३

इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



पहिलोपोस्ट

इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।

खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ८४ औं मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाउँदा खेलको अतिरिक्त समयमा कप्तान लियोनल मेस्सीले अर्को गोल थपेका थिए।

त्यस्तै आजै बिहान सम्पन्न अर्को खेलमा उरुग्वेलाई हराउँदै कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएको थियो। निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो जहाँ कोलम्बियाले ४-२ गोलअन्तरले जित निकाल्यो।

कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell