PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा अझै लम्ब्याउने तयारी भइरहेको छ।

पछिल्लो पटक थप भएको एक साताको निषेधाज्ञा भोलि रातिबाट सकिंदैछ। त्यसैले काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बसेर निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छन्।

'भोलिबाट समय सकिदैंछ। आज साँझ वा भोलि बैठक बसेर केही निर्णय आउँछ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

आज निषेधाज्ञा थप र मोडालिटीबारे सम्बन्धित निकायसँग छलफल र त्यसपछि सिडिओको बैठक बस्ने भएको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि भन्दै काठमाडौं जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ।

निषेधाज्ञा भएको झन्डै दुई महिनापछि सार्वजनिक सवारी साधनलाई चल्न दिइएको छ। तर २५ सिट क्षमता भन्दा बढीका सवारी साधनलाई मात्र जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिएको हो। साना तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाउन व्यवसायीहरूले माग गरिरहेका छन्। यस विषयमा छलफल भइरहेको छ।

त्यस्तै पसलहरूलाई समेत बिहान ११ बजेपछि खोल्न दिइएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell