PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा पौडेल



पहिलोपोस्ट

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा पौडेल

काठमाडौं : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रवक्तामा नेता प्रदीप पौडेललाई तोकिएका छन्। समितिको तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्नका लागि लागि समितिका सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिका सचिव केशव रिजालले जानकारी दिए।

असार २० सम्म क्रियाशील सदस्यता छानविन गरी टुंग्याउने कार्यदेशसहित काग्रेस केन्द्रीय समिति सदस्य रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय छानविन समितिले काम गरिरहेको छ। समितिका सदस्यहरूमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell