PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

आमिर र किरणको सम्बन्ध टुट्दा किन भइरहेछ फातिमाको चर्चा?



पहिलोपोस्ट

आमिर र किरणको सम्बन्ध टुट्दा किन भइरहेछ फातिमाको चर्चा?

बलिउड अभिनेता आमिर खानको दोस्रो वैवाहिक सम्बन्ध पनि विच्छेद भयो। आमिर र उनकी श्रीमती किरण रावले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिए। उनीहरूको सम्बन्ध विच्छेदको खबर आएसँगै अभिनेत्री फातिमा सना शेख सोसल मिडियाको ट्रेन्डिङमा छाएकी छिन्।

किन त?

आमिर-किरणको सम्बन्ध टुट्नुमा फातिमाको भूमिका रहेको आरोप छाएको छ। उनी आमिरसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ।

फिल्म 'दंगल' मा आमिर र फातिमा बुवा छोरीको भुमिकामा देखिएका थिए। यसका साथै फिल्म 'ठग्स अफ हिन्दुस्तान' मा समेत उनीहरूले एकसाथ काम गरेका थिए। त्यसैबेला दुबैका फोटोहरू समेत भाइरल भएका थिए। सन् २०१६ देखि २०१९ को बिचमा उनीहरूबिच प्रेमसम्बन्ध रहेको बताइएको छ।

फातिमाले भने आफूहरूबिच अफेयर नरहेको दावी गरेकी थिइन्। एक अन्तर्वाताका क्रममा उनले आमिर खानलाई एक मार्गदर्शक र गुरु मान्ने समेत बताएकी थिइन्। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले भने आमिर र किरणको सम्बन्ध बिग्रिनुमा फातिमालाई जोडिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell