PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव



पहिलोपोस्ट

फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव

दक्षिणी फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। फिलिपिन्स सेनाका प्रमुखले उक्त जानकारी समाचार एजेन्सी एएफपी दिएका छन्।

जनरल सिरिलिटो सोबेजानाका अनुसार सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्न खोजिएको थियो। तर, विमान रनवे बाहिर जाँदा दुर्घटना हुन पुग्यो। हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ।

जलिरहेको भग्नावशेषबाट ४० जना निकालिए। उनीहरूलाई उपचारको लागि अस्पताल पुर्‍याइएको छ। अझै पनि उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell