PahiloPost

Jun 15, 2026 | १ असार २०८३

भारतमा घट्दो कोरोना संक्रमण, भोलिदेखि खुल्दै जिमदेखि स्टेडियम



पहिलोपोस्ट

भारतमा घट्दो कोरोना संक्रमण, भोलिदेखि खुल्दै जिमदेखि स्टेडियम

भारतमा कोरोना भाइरस संक्रमितको दर घट्दो छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार ७१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ९ सय ५५ जना संक्रमितले ज्यान गुमाए। त्यस्तै शुक्रवार मात्र ५२ हजार जना संक्रमणमुक्त हुँदा त्यहाँको सक्रिय संक्रमण दर ४ करोड ८५ हजार ३ सय ५० मा झरेको छ।

शनिवार जारी तथ्याङ्कको तुलनामा आइतवार एक हजारको दरले संक्रमितको संख्या घटेको हो।

यससँगै दिल्लीलगायत शहरहरूमा 'कोरोना अनलक' प्रकिया सुरु भएको छ। प्रतिबन्ध खुकुलो पार्दै जिमसहित अन्य स्पोर्ट्स कम्प्लेक्स र स्टेडियम पनि खुल्ने भएको छ। ती ठाउँहरूमा दर्शकको उपस्थितिलाई भने अनुमति दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell